कोलम्बिया विश्वविद्यालयले गर्यो ट्रम्प प्रशासनसँग ‘डिल’
सारांश
- कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनसँग २२ करोड डलरभन्दा बढी भुक्तानी गर्ने सम्झौता गर्यो।
- विश्वविद्यालयले यहुदी विरोधी प्रदर्शनका कारण रोकिएको सङ्घीय कोष पुनर्स्थापित गर्नेछ।
- सम्झौताअनुसार, विश्वविद्यालयले तीन वर्षभित्र २० करोड डलर तिर्नुपर्नेछ, र यहुदी कर्मचारीको अधिकार उल्लङ्घनको लागि २ करोड डलरभन्दा बढी दिइनेछ।
वासिङ्टन डीसी । कोलम्बिया विश्वविद्यालयले बुधबार ट्रम्प प्रशासनसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत विश्वविद्यालय प्रशासनले सङ्घीय सरकारलाई २२ करोड डलरभन्दा बढी भुक्तानी गर्नेछ ।
यसबापत सङ्घीय सरकारले विश्वविद्यालयको सङ्घीय अनुसन्धान कोष पुनर्स्थापित गर्नेछ । ट्रम्प प्रशासनले गत वर्ष विश्वविद्यालय क्याम्पसमा भएको ठुलो मात्रामा यहुदी विरोधी प्रदर्शनबाट आक्रोशित हुँदै सङ्घीय कोष रोक्ने घोषणा गरेको थियो ।
सम्झौता अन्तर्गत कोलम्बिया विश्वविद्यालयले तीन वर्षभित्र ट्रम्प प्रशासनलाई २० करोड डलर तिर्नु पर्नेछ । विश्वविद्यालय क्याम्पस भित्रका यहुदी कर्मचारीहरूको नागरिक अधिकारको उल्लङ्घन गरेको मामिलालाई राफसाफ गर्न २ करोड डलरभन्दा बढी रकम दिइने ह्वाइट हाउसले बताएको छ ।
२०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायल र हमासबिच युद्ध सुरु भयो । यस युद्धमा परेर हजारौँ मानिसहरू मारिए ।
गाजामा इजरायलको आक्रमणको विरुद्धमा अमेरिकाका धेरै विश्वविद्यालयहरूमा इजरायल विरोधी र यहुदी विरोधी प्रदर्शनहरू भए । यस मामिलामा ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयले सरकारबाट पाइरहेको अर्बाैं डलर अनुदान रोकिदियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण