अहिलेसम्मकै न्यून स्तरमा झर्यो अमेरिकामा जन्मदर, महिलामा घटिरहेछ आमा बन्ने चाहना
सारांश
- सन् २०२४ को तथ्याङ्क अनुसार अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन्।
- गत वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै कम थियो, प्रति महिला १.६ बच्चा मात्रै जन्मिए।
- घट्दो जन्मदरलाई उकास्न ट्रम्प प्रशासनले आईभीएफको लागत घटाउन र बेबी बोनसको अवधारणालाई समर्थन गरेको थियो।
वासिङ्टन डीसी । अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन् । सन् २०२४ को तथ्याङ्कले यही कुरा बताउँछ ।
गएको वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै सबैभन्दा कम थियो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार, अमेरिकामा प्रत्येक महिलाले १ दशमलव ६ भन्दा कम बच्चा जन्माइरहेका छन् ।
कुनै समय अमेरिकामा औसत प्रजनन दर प्रति महिला २ दशमलव १ बच्चा थियो । तर पछिल्ला दुई दशकमा, अमेरिकामा प्रजनन दरमा भारी गिरावट आएको छ । अहिले त्यहाँका महिलाहरूले बच्चा जन्माउन कि त लामो समय लिइरहेका छन् कि भने बच्चा नै जन्माइरहेका छैनन् ।
नयाँ तथ्यांक पश्चिमी यूरोपेली देशकै जन्मदरका हाराहारीमा भएको विश्व बैंकको डेटाले देखाएको छ ।
हालैका समयमा जन्मदरमा आएको कमीबाट चिन्तित ट्रम्प प्रशासनले घट्दो जन्मदरलाई उकास्न आईभीएफ गर्दा लाग्ने लागत घटाउन र बेबी बोनसको अवधारणालाई समर्थन गर्न कार्यकारी आदेश जारी गर्ने काम गरेको थियो ।
तर एकाथरी विज्ञहरूले भने अहिले नै चिन्ता गर्नु पर्ने अवस्था भइनसकेको भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण