सिराहामा सशस्त्र प्रहरीद्वारा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद
सारांश
- सशस्त्र प्रहरी बल सिराहाले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ६० लाखको अवैध सामान बरामद गर्यो।
- बरामद गरिएका सामानहरूमा लत्ताकपडा, किराना, हार्डवेयर, र सवारी साधनहरू समावेश छन्।
- प्रहरीले १५ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।
सिराहा । सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिराहाले आर्थिक वर्ष २०८१/८२ मा रु नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद गरेको छ । यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशु चौपायालगायतका विभिन्न सामग्री र गैरकानुनी रूपमा प्रयोगमा आएका सवारीसाधन नियन्त्रणमा लिइएका हुन् ।
सशस्त्र प्रहरी गण सिराहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बरामद गरिएका अवैध सामग्रीमध्ये लत्ताकपडा मात्रै रु दुई करोड ६६ लाख आठ हजार बराबरको रहेको छ भने किराना सामान रु दुई करोड २० लाख, हार्डवेयर रु ४३ लाख ५८ हजार, इलेक्ट्रोनिक्स रु ४० लाख ७१ हजार, मदिरा रु २३ लाख ५१ हजार, नगद रु चार लाख, काठ रु ९३ हजार र पशु चौपाया रु १३ लाख ५६ हजार मूल्य बराबरका रहेका छन् ।
त्यस्तैगरी अवैध कार्यमा प्रयोग गरिएका सवारीसाधनमध्ये २२२ वटा मोटरसाइकल, छ वटा पिकअप/स्कारपियो, २१ वटा ट्र्याक्टर, एक म्याजिक र चार वटा सिटी सफारी/अटो/रिक्सा समेटिँदा रु तीन करोड ३७ लाख आठ हजार बराबरको मूल्य रहेको छ ।
यस क्रममा १५ व्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । गणपति भण्डारीले भने- ‘सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सक्रिय भएर सशस्त्र प्रहरी काम गरिरहेको छ । हामी आगामी दिनमा यस्ता गैरकानुनी कार्य विरुद्ध अझै कडा रूपमा प्रस्तुत हुने छौँ ।’
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सशस्त्र प्रहरीले रु आठ करोड ४१ लाख बराबरको अवैध सामग्री बरामद गरेको थियो । यस वर्षको बरामद सङ्ख्याले यस पटकको नियन्त्रण अझ कडा रूपमा अघि बढेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण