काठमान्डु गोर्खाजको लोगो सार्वजनिक, मुख्य प्रशिक्षकको जिम्मेवारी मोन्टीलाई
सारांश
- काठमान्डु गोर्खाजले नयाँ सिजनका लागि लोगो सार्वजनिक गरेको छ, जसमा काठमाडौं उपत्यकाको सम्पदा झल्किन्छ।
- टोलीले यो सिजन आफ्नो नाम परिवर्तन गर्दै काठमान्डु गोर्खाज राखेको छ, व्यवस्थापनमा पनि परिवर्तन आएको छ।
- मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ, उनी मिनी अक्सनका लागि नेपाल आउनेछन्।
काठमाडौँ । काठमान्डु गोर्खाजले नयाँ सिजनको लागि आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमान्डुले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै लोगो सार्वजनिक गरेको हो ।
काठमान्डुका कार्यकारी निर्देशक सुरज सिंह, कप्तान कारण केसी र नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले लोगो सार्वजनिक गरेका हुन् । काठमान्डुले यो सिजन आफ्नो नाम पनि परिवर्तन गरेको छ । अघिल्लो सिजन काठमान्डुको गुर्खाज राखेको टिमले यो सिजन काठमान्डु गोर्खाज राखेको छ ।
काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजको गत सिजनको तुलनामा व्यवस्थापन देखि धेरै पक्षमा परिवर्तन आएको र केही तयारीहरू पुरा भएकाले काठमान्डुले जनाएको छ ।
काठमान्डुले आफ्नो लोगोमा काठमाडौँको संस्कृतिको प्रतिनिधित्व गर्ने जनाएको छ । लोगोमा मुख्य गरी काठमाडौँ उपत्यकाको सम्पदालाई टोलीको प्रतिनिधित्व गर्नेछ। अघिल्लो सिजन लोगो क्रिकेट ओरेन्टेट मात्र रहेको थियो । लोगोमा काठमाडौँ, भक्तपुर, ललितपुर र नुवाकोटलाई समेटिएको छ ।
यस्तै मोन्टी देसाईलाई काठमान्डु गोर्खाजले आफ्नो मुख्य प्रशिक्षकमा नियुक्ति गरिसकेको छ । अर्को महिना हुने भनिएको मिनी अक्सनमा मोन्टी नेपाल आउने भएका छन् ।
मोन्टी सन् २०२३ को फेब्रुअरी देखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए। यही क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एक दिवसीय विश्वकप छनोटमा पुगेको थियो।
मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी २० विश्वकपमा पुनरागमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण