सेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार, नेप्सेमा सामान्य वृद्धि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको छ ।
बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरमा कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज बजार परिसूचक हरियो देखिए पनि घट्ने कम्पनीको सङ्ख्या बढी रह्यो। कुल कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १२७ कम्पनीको सेयर मूल्य घट्यो। कुनै पनि कम्पनीको मूल्य भने स्थिर रहेन ।
दिनभरमा ३२८ वटा स्क्रिपको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक खरिदबिक्री भएको थियो ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी ७७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो। त्यसैगरी, ङादी पावरको ७१ करोड ९१ लाख र ग्रीन भेञ्चरले ६६ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज गुडविल ग्रीन भेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन्। ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावरको सेयरमा समेत सकारात्मक सर्किट लागेको छ ।
आज बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण