नागरिक लगानी कोष सञ्चालक समितिबाट नेप्सेको सीईओलाई हटाउने तयारी
सारांश
- नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हट्ने भएका छन्।
- कोषको अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव गरिएको छ भने लगानी दायरा फराकिलो बनाइनेछ।
- संशोधित विधेयकमा नेप्सेको सीईओलाई हटाउने र सञ्चालक समितिको अधिकारमा हेरफेर गरिनेछ।
काठमाडौँ । नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हट्ने भएका छन् । नागरिक लगानी कोष ऐन संशोधन गर्न विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । अहिले कोषको सञ्चालक समितिमा नेपाल सरकारले नियुक्त गरेको विज्ञ व्यक्ति अध्यक्ष रहने व्यवस्था छ ।
त्यसबाहेक सञ्चालकहरूमा नेपाल सरकारका सहसचिव, राष्ट्रिय बिमा कम्पनीको प्रशासक, नेपाल स्टक एक्सचेन्जको सीईओ, बैंक वित्तीय वित्तीय संस्थामध्येबाट एक जना, बैंकिङ तथा पुँजी बजारसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति मध्येबाट एक जना, सर्वसाधारण सेयर धनीबाट एक जना र कोषका कार्यकारी निर्देशक एक जना रहने व्यवस्था छ । तर संशोधित विधेयकको मस्यौदामा अरू सबैलाई यथावत् राख्दै नेप्सेको सीईओलाई भने हटाउने व्यवस्था गरिएको छ ।
प्रस्तावित ऐनमा कोषको अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै कोषको लगानी दायरालाई फराकिलो बनाउने लगायत व्यवस्था छन् । कोषको सञ्चालक समितिको अधिकारमा समेत हेरफेर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण