काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ ।
_faLtqihvpK.jpg)
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेको कामका बारेमा स्थलगत जानकारी गराउँदै विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको र करिब अन्तिम चरणमा पुगेको जनाएको हो ।
_LOOFsa3Azf.jpg)
धावनमार्ग जोड्न पूर्वतर्फ र पश्चिमतर्फ नयाँ ट्याक्सी वे निर्माण भइरहेको र यसका कारण रनवे क्षमता २५ प्रतिशतले बढ्ने महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले विमानस्थल भित्र रहेको आयल निगमको डिपो हटाउनुपर्ने र डिपो नहटे समानान्तर ट्याक्सी वे निर्माण अवरुद्ध हुन सक्ने उल्लेख गरे ।
_saU1FalRMC.jpg)
अधिकारीले बुद्ध एयरको ह्याङ्गरको दक्षिण क्षेत्रमा दुई वटा ह्याङ्गर निर्माण हुने र उत्तरपट्टि नेपाल एयरलाइन्सको एउटा ह्याङ्गर निर्माण हुने जानकारी दिए। त्यस्तै अहिलेको स्थानमा रहेको नेपाल एयरलाइन्सको ह्याङ्गर र नेपाली सेनाको भिभिआइपी सारेपछि सोही स्थानमा त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत सुविधा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण बन्ने बताए ।
_zy6N10miIV.jpg)
दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने भएकाले यसमा सरकारसँग थप छलफल गर्न आवश्यक रहेको महानिर्देशक अधिकारीले जानकारी दिए । नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण भएपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनलमा रूपान्तरण गरिने उनको भनाई छ ।
_5eeAUFNPOQ.jpg)
_xblavcEaiV.jpg)
_enQtH0BwFH.jpg)
_puumd9KgtB.jpg)
_RB1OUuqwrw.jpg)
_36B2ByHvT3.jpg)
_WNGTiplQsf.jpg)
_9gUfmRnnkO.jpg)
_9GllHfu6of.jpg)
_L2FS7BnWpD.jpg)
_z1glKXxZ4k.jpg)
_nkciEjjDxU.jpg)
_cnLL82waVy.jpg)

प्रतिक्रिया