कोशी प्रदेश : एक वर्षमा २६ टनभन्दा बढी गाँजा बरामद, १७ लाख बोट नष्ट
विराटनगर । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध गाँजा विरुद्धको चलाइएको अभियानका क्रममा २६ हजार ७०५ किलोग्राम तयारी गाँजा बरामद गरेको छ । यस्तै प्रहरीले १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोटहरू नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार गाँजा तस्करहरूले बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट जडित गाडी, तरकारी बोक्ने सवारी, कोशी नदीको बहाव र जमिनमुनि लुकाएर समेत ओसारपसार गर्ने प्रयास गरेका थिए । तर, विशेष सूचना र अनुसन्धानमा आधारित प्रहरीको निरन्तरको सक्रियताले ती सबै प्रयासहरूलाई विफल पारेको छ ।
यस अभियानमा सबैभन्दा बढी सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, उदयपुरबाट १ हजार ८१० किलो र झापाबाट १ हजार ६५१ किलो गाँजा बरामद भएको छ । गाँजाको ओसारपसार र कारोबारमा संलग्न १६५ पुरुष र २४ महिला गरी कुल १८९ जनालाई पक्राउ गरिएको छ । कारबाहीका क्रममा ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे गरी १०६ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी, प्रहरीले प्रदेशका विभिन्न जिल्लामा करिब २ हजार ४६४ रोपनी क्षेत्रफलमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रेका १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट र बेर्ना नष्ट गरेको छ । यस क्रममा धनकुटा, भोजपुर र उदयपुरलगायतका जिल्लाहरूमा ठुलो मात्रामा गाँजा खेती नष्ट गरिएको थियो ।
कोशी प्रदेश प्रहरीले लागुऔषध विरुद्धको यो अभियानमा आम नागरिकको साथ र सहयोग अपरिहार्य रहेको भन्दै कुनै पनि शङ्कास्पद गतिविधि देखेमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण