जबर्जस्ती करणीको मुद्दा पैसा दिएर मिलाउने प्रयास !
विराटनगर । सुनसरीको देवानगञ्ज–४ कप्तानगञ्जकी एक युवतीले आफूलाई जबरजस्ती करणी गर्नेलाई गाउँ पञ्चायत बसेर मिलाउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
देवानगञ्ज गाउँपालिका वडा–४ का शनि मेहतामाथि आरोप लगाउँदै उनले मुद्दा मिलाउन स्थानीय नेताहरू र प्रहरी मिलेमतो गरिएको बताएकी छन् ।
पीडितलाई डर धम्की र प्रलोभन देखाई ३ लाख ८१ हजार रुपैयाँमा मुद्दा ‘फेरबदल’ उनका आफन्तको दाबी छ । ३५ वर्षीय शनि मेहता विवाहित पुरुष हुन् । देवानगञ्ज–३ की २० वर्षीय एक युवतीले लामो समयदेखि आफूलाई विभिन्न डर, धाक धम्की र प्रलोभन दिएर जबरजस्ती करणी गर्दै आएको बताएकी छन् ।
मेहताले ती युवतीलाई आफूले विवाह गर्ने र उनको पेटमा गर्भ छ भन्दै हिँडेका पीडितका आफन्तले बताए । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन लागेपछि स्थानीय जान्ने सुन्नेहरू बसेर उजुरी हाल्न नदिएको र प्रहरी चौकी कप्तानगञ्जमा उजुरी दिन लगाएर मिलापत्र गराउने भन्दै सो रकम दिएको बताइएको छ ।
पीडित युवतीले भनिन्– ‘उनीहरुले आफ्नो बच्चा मेरो पेटमा बच्चा छ भनेर हल्ला पनि फैलाए । मेरो चरित्र हत्या गरे ।’ उनले घरमा कोही नभएको बेला जबरजस्ती गरेको बताइन् । ‘उसले मलाई अनेक लोभ देखाइरहेको थियो... तिम्रो लागि पसल बनाइदिन्छु... तिमीसँग बिहे गर्छु भन्थ्यो । धेरै कुराको लोभ देखायो,’ उनले भनिन्– ‘उसले मसँग सबै किसिमको सम्बन्ध राख्यो । जबरजस्ती पनि गर्यो ।’
मेहताले बजारमा हल्ला फैलाएको पनि उनले बताइन् । ‘ऊ मसँग भाग्छे, ऊ मेरो श्रीमती हो, मैले उसलाई बलात्कार गरिसकेँ, अब ऊसँग कसैले बिहे गर्दैन भन्दै हल्ला चलायो,’ पीडित युवतीले भनिन् ।
युवतीका भाइले पूर्वा वडाध्यक्ष चन्देश मेहताको घरमा पञ्चायती राखेर मिलापत्रको प्रयास गरेको बताए । ‘मलाई थाहा थिएन । पछि एक–दुई जना मान्छे आएर बैठक छ, हिँड् भने । म गइनँ,’ उनले भने, ‘त्यहाँ घटना मिलापत्रको लागि बोलाएको रहेछ ।’
स्थानीय काँग्रेस नेता शम्भुलाल मेहतालगायतले पुनः मिलापत्रको दबाब दिएको उनले बताए । ‘धेरै मानिसले भन्न थाले... तँ गरिब मान्छे होस्, के गर्छस् ?... यस्तो निवेदन किन दिन्छस् ?,’ उनले भने । पछि शनिका राधाकृष्ण मेहताले ३ लाख एकासी हजार रुपैयाँ दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण