चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
सारांश
- चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
- दुर्घटनामा ३५ वर्षीय मुकुन्द कँडेलको उपचारका क्रममा मृत्यु भएको हो।
- प्रहरीले बोलेरो चालक र धनीलाई नियन्त्रणमा लिएको छ।
मकवानपुर । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले गएराति टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा।प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र.०३–००१ ख ३३६५ नम्बरको रात्रि बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
दुर्घटनामा बोलेरो चालक कास्की लेखनाथ नगरपालिका २७ वस्ने ३० वर्षीय हुमेस लामगाले र सोही बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ३४ वर्षीय ध्रुवराज पोखरेल सामान्य घाइते भएका छन्। प्रहरीले चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको जनाएको छ । बसमा सामान्य क्षति भएको छ भने यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण