यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’
सारांश
- चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई थप आकर्षित बनाउन विभिन्न कामहरू गर्दैछ।
- नगरपालिकाले पार्कको जीर्णोद्धार, मर्मतसम्भार र नयाँ निर्माणका लागि तीन करोडभन्दा बढीको लगानी गरेको छ।
- पार्कभित्र बालबालिकाका लागि खेलकुद सामग्री, जनावरका मूर्ति र राजा त्रिभुवनको सालिक रहेको छ।
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप आकर्षित बनाउन उच्च प्राथमिकता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ ।
ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीय स्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनः निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रूपमा अगाडि बढाएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिए ।
हाल वनभोज स्थल, बाल उद्यान, बगैँचा, ऐतिहासिक सत्तलर पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुनः निर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् । बालबालिकालाई रमाउन/खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेष गरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरूको भीड लाग्ने गर्दछ ।
नगरप्रमुख गिरीले भने, “ऐतिहासिक त्रिभुवन पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनः निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणहरुलाई द्रुत रूपमा नगरपालिकाले अगाडि बढाइरहेको छ । यसका लागि पहिलो चरणमा समपूरक अनुदान रु तीन करोडभन्दा बढीको लागतमा काम भइराखेको छ । बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप रु तीन करोड रकमको सुनिश्चितता भएको छ । यसबाट पार्कको संरक्षण र संवर्द्धन हुने छ ।”
नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उनले जानकारी दिए । त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।
यसैबिच नगरप्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनः निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणको हालै अनुगमन गर्दै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गरे । उनले भने, “यो काम नगरपालिका र मेरो व्यक्तिगत प्रतिष्ठासित पनि गाँसिएका हुँदा निर्धारित समयभित्र गुणस्तरीय काम गरेर पार्कमा घुम्न आउनेलाई आहा ! पार्क हुनु त यस्तो पो बनाउनु पर्छ ।”
तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झनामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशवशम्शेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं २०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क सुरुआतका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।
पार्कको चहलपहल बढ्न थालेपछि समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिरसमेत रहेको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले त्रिभुवनको सालिक पोखरी नजिकै छेउमा ढलाएको थियो । धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएको थियो । विसं २०३०र३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण