मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगर बसपार्कमा युवकमाथि चक्कु प्रहार

शनिबार, १० साउन २०८२, १२ : ०४
शनिबार, १० साउन २०८२

सारांश

  • सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा एक युवकमाथि अज्ञात समूहले साङ्घातिक आक्रमण भयो।
  • आक्रमणबाट लेकबेशी नगरपालिकाका २२ वर्षीय ललित परियार घाइते भए।
  • प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ र घटनाको कारण खुल्न सकेको छैन।

‎वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा एक युवकमाथि गएराति अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आक्रमणबाट लेकबेशी नगरपालिका–६ का  २२ वर्षीय ललित परियार घाइते भएका छन् ।

‎‎प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारीअनुसार राति करिब ११ : ५५ बजेको समयमा वीरेन्द्रनगर बसपार्कमा परियारमाथि धारिलो हतियार प्रहार भएको थियो ।  थापाका अनुसार स्कुटरमा आएका दुई जनाको समूहले परियारमाथि आक्रमण गरी फरार भएका थिए । घाइते परियारलाई तत्कालै उपचारका लागि नेपालगन्ज लगिएको छ ।

‎‎प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ । हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र शङ्कास्पद व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।

‎‎प्रहरी नायव उपरीक्षक बुढ्थापाका अनुसार घटनाको कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ । पीडित पक्षले दिएको हुलियाका आधारमा प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप