नेपाल सङ्घीय समाजवादी पार्टीद्वारा वार्ता समिति गठन
सारांश
- रिजवान अन्सारीको पार्टीले अन्य दलहरूसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गरेको छ।
- पार्टीले सरकारको भ्रष्टाचारको आलोचना गर्दै सुशासनको कमी भएको ठहर गरेको छ।
- संघीय गणतान्त्रिक गठबन्धनको जनजागरण अभियानलाई सशक्त बनाउन पार्टीले अग्रसरता लिने निर्णय गरेको छ।
काठमाडौँ । रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले विचार र सिद्धान्त मिल्ने अन्य पार्टीहरूसँग एकता र सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले महासचिव अनन्त राईको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको अध्यक्ष अन्सारीले जानकारी गराए ।
तराई मधेसका विभिन्न पाँच दलबिच यसअघि नै सङ्घीय गणतान्त्रिक गठबन्धन बनिसकेको छ । ती दलहरूका बिच पनि एकताका लागि पहल गर्ने र त्यसबाहेक अन्य दलहरूसँग पनि गठबन्धन वा एकताका लागि छलफल गर्न वार्ता समिति गठन गरिएको उनले बताए ।
उनले भने– ‘यो सङ्क्रमणकालीन अवस्थामा पुगिसकेको छ, जतिबेला जे पनि हुनसक्छ त्यसको सामना गर्न पनि तयारी अवस्थामा रहनुपर्छ र त्यसका लागि एक्ला एक्लै सम्भव नहुने देखिएकाले हामी एकता र सहकार्यमा जोड दिएका हौँ ।’
वर्तमान सरकारको पालामा व्यापक रूपमा भ्रष्टाचार बढेको र सरकारका मन्त्रीहरू नै संलग्न रहेको प्रमाणहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले सुशासनको अनुभूति जनताले गर्न नसकेको ठहर बैठकले गरेको बताए ।
बैठकले सङ्घीय गणतान्त्रिक गठबन्धनले देशभरि सञ्चालन गरिरहेको जनजागरण अभियानको मूल्याङ्कन गर्दै यसलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन पार्टीले अग्रसरता लिने निर्णय गरेको समेत उनले बताए । यो अभियानलाई ७७ वटै जिल्लामा थप प्रभावशाली रूपमा विस्तार गर्दै नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न समेत बैठकले निर्देशन दिएका उनले बताए ।
अध्यक्ष अन्सारीले ‘समग्र मधेस एक प्रदेश’ बनाउने जनचाहनालाई आत्मसात् गर्दै पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा गम्भीरतापूर्वक लाग्न बैठकले निर्देशन दिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण