पाकिस्तानमा अर्की टिकटक स्टारको हत्या, विवाहको दबाब दिने व्यक्तिमाथि शंका
सारांश
- पाकिस्तानमा एक टिकटक स्टार सुमिरा राजपुतको शव शंकास्पद अवस्थामा फेला परेको छ।
- सुमिराकी छोरीले आमालाई विष दिएको आरोप लगाएकी छिन्, र एक व्यक्तिलाई हिरासतमा लिइएको छ।
- यसअघि, अर्की टिकटक स्टार सना युसुफको पनि गोली हानी हत्या गरिएको थियो, र यो पछिल्लो घटना हो।
इस्लामावाद । पाकिस्तानमा थप एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको छ । चर्चित टिकटक स्टार सुमिरा राजपुतको शव संदिग्ध अवस्थामा फेला परेको छ ।
उनको शव सिन्ध प्रान्तको घोटकी जिल्लास्थित बागो वाह क्षेत्रमा भेटिएको हो । केही दिनअघि मात्रै अर्की टिकटक स्टार सना युसुफको गोली हानी हत्या गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार एक व्यक्तिले सुमिरालाई विवाहका लागि निरन्तर दबाब दिइरहेका थिए । प्रहरीले यसलाई हत्या भएको आशंका गरेको छ । सुमिराकी एक १५ वर्षीया छोरी पनि छिन् । उनले आफ्नी आमालाई विषालु ट्याब्लेट खुवाएर हत्या गरिएको बताएकी छन् ।
सुमिराकी छोरी पनि एक कन्टेन्ट क्रिएटर हुन् र टिकटकमा उनका ५८ हजारभन्दा बढी फलोअर छन् । प्रहरीले यस मामिलामा एक जनालाई हिरासतमा लिएको छ । यद्यपि, हत्याको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । घोटकीका प्रहरी अधिकारी अनवर शेखले सुमिराकी छोरीले एक व्यक्तिमाथि आफ्नी आमालाई विष दिएको आरोप लगाएको जानकारी दिएका छन् ।
पाकिस्तानमा महिला इन्फ्लुएन्सरहरूलाई खतरा
पाकिस्तानमा महिलाहरूका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुनु खतरामुक्त छैन । गत महिना मात्र १७ वर्षीया सामाजिक सञ्जाल इन्फ्लुएन्सर सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको थियो । सनाका टिकटकमा ७.४ लाख र इन्स्टाग्राममा करिब ५ लाख फलोअर्स थिए । पछिल्लो पाँच महिनामा पाकिस्तानमा महिला सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको यो तेस्रो घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण