गाजाको केही हिस्सामा इजरायलले रोक्यो लडाई
सारांश
- इजरायलले गाजाको केही क्षेत्रमा सैन्य गतिविधि रोकेको छ, जसले मानवीय सहायता पुर्याउन मद्दत गर्नेछ।
- गाजामा भोकमरीका कारण मानिसहरूको मृत्यु भइरहेको बेला, लडाईं बिहान १० बजेदेखि साँझ ८ बजेसम्म रणनीतिक रूपमा रोकिएको छ।
- आईडीएफले अल-मावासी, देयर अल-बलाह र गाजा शहरमा थप सूचना नआएसम्म युद्ध रोक्ने बताएको छ।
तेल अभिभ । इजरायलले गाजाको केही हिस्सामा लडाई रोकेको छ । गाजाको तीन क्षेत्रमा सैन्य गतिविधि रोक्का गरिएको आफूले थाहा पाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
गाजापट्टीमा प्यालेष्टिनीहरूको अवस्था दयनीय बनेको र भोकमरीका कारण दिनदिनै मान्छे मरिरहेको खबर आइरहँदा यो कदम आएको हो । मानवीय सहायता आपूर्ति होस् भनेर बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लडाई रणनीतिक रूपमा रोकिएको हो ।
आईडीएफ युद्ध गरिनरहेको तीन ठाउँ अल– मावासी, देयर अल–बलाह र गाजा शहरमा थप सूचना जारी नहुँदासम्मका लागि निश्चित समय युद्ध रोकिने एउटा विज्ञप्तिमा आईडीएफले भनेको छ । यूएन र मानवीय सहायता सङ्गठनहरूले पठाएका सहायता सुरक्षित रूपमा गाजा भित्रिन सकोस् र खानेकुरा अनि औषधि वितवरण सहज होस् भनेर बिहान ६ बजेदेखि ९ बजेसम्म सुरक्षित बाटो निर्धारण गरिएको पनि बताइएको छ ।
शुक्रबार खान नपाएर अरु पाँच जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको थियो योसँगै भोकमरीका कारण मर्नेको संख्या १२७ जना पुगेको छ । यी मध्ये दुई तिहाइ बालबालिका भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण