बुद्धको शिक्षाबाट कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारमा उतारी अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम दिन सकिने बताए।
- उनले नेपाल-भारत सम्बन्धलाई शिक्षा, अनुसन्धान र सांस्कृतिक सहकार्यमार्फत अझ प्रगाढ बनाउन सकिने धारणा राखे।
- मुख्यमन्त्री आचार्यले लुम्बिनीको समग्र विकासका लागि 'लुम्बिनी विकास प्राधिकरण' अवधारणाले योगदान पुग्ने विश्वास व्यक्त गरे।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारमा उतारी अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम दिन सकिने बताएका छन्।
‘कूटनीति र बुद्धका शिक्षा : विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धका शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रतामा आधारित रहेको उल्लेख गरे।
उनले बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न सक्ने बताए। साथै, नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखे।
मुख्यमन्त्री आचार्यले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, बुद्ध सर्किट अन्तर्गत एकीकृत पर्यटन प्रवर्द्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, सङ्ग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण