ट्रम्पले किन गरे कमला ह्यारिसमाथि कानुनी कारबाहीको माग
सारांश
- पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई कानुनी कारबाहीको माग गर्दै ट्रम्पले २०२४ को चुनावमा स्टारहरूलाई रकम दिएको आरोप लगाए।
- ट्रम्पले डेमोक्रेटिक पार्टीले बियोन्से, ओप्रा विन्फ्रे र अल शाप्र्टनलाई प्रचारका लागि लाखौं डलर दिएको आरोप लगाएका छन्।
- ट्रम्पले सेलिब्रेटीहरूलाई भुक्तानी गरिएको र अभियान खर्चमा रेकर्ड नराखिएको आरोप लगाएका छन् र कारबाहीको माग गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई कानुनी कारबाहीको माग गरेका छन् । कमला ह्यारिस र डेमोक्रेटिक पार्टीले २०२४ को राष्ट्रपति चुनावमा प्रचारका लागि प्रसिद्ध स्टारहरूलाई लाखौँ डलर दिएको आरोप ट्रम्पले लगाएका छन् । यसलाई पूर्ण रूपमा गैरकानुनी भन्दै उनले मुद्दा चलाउन माग गरेका हुन् ।
डेमोक्रेटहरूले गायिका बियोन्सेलाई प्रचारका लागि १ करोड १० लाख डलर, टेलिभिजन होस्ट ओप्रा विन्फ्रेलाई ३० लाख डलर र नागरिक अधिकार कार्यकर्ता अल शाप्र्टनलाई ६ लाख डलर दिएको दाबी ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट टुथ सोसलमा एक पोस्टमा लेखेका छन् ।
यी सेलिब्रेटीहरूले कुनै ठोस काम नगरेको अनि उनीहरूको समर्थन पनि वास्तविक नभएको उनको तर्क । यो सबै अभियानको लागि भुक्तानी गरिएको र यो पूर्ण रूपमा गैर कानुनी भएकोमा उनले जोड दिएका छन् ।
‘राजनीतिज्ञहरूले समर्थन किन्न थाले भने के हुन्छ कल्पना गर्नुहोस् ? अराजकता फैलिनेछ । कमला र अनि जसले भुक्तान गरे वा पैसा लिएका छन्, सबैले कानुन तोडेका छन् र उनीहरूलाई सजाय दिनुपर्छ’ पोस्टमा अझ अगाडि ट्रम्पले लेखेका छन् । यी भुक्तानीहरू अभियान खर्चमा पनि राम्ररी रेकर्ड नगरिएको र रेकर्डहरूसँग छेडछाड गरिएको आरोप समेत ट्रम्पले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण