९ दिनमै २०० करोड क्लबमा पुग्यो 'सैयारा'
सारांश
- निर्देशक मोहितको फिल्म 'सैयारा' ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ र नयाँ रेकर्ड बनाएको छ।
- 'सैयारा' ले दुई नयाँ कलाकारलाई स्थापित गर्यो र फिल्मले दर्शकको मन जितेको छ।
- फिल्मले २०० करोड क्लबमा प्रवेश गरेको छ र यस वर्षको दोस्रो सबैभन्दा छिटो कमाइ गर्ने फिल्म बनेको छ।
नयाँ दिल्ली । बलिउड निर्देशक मोहितले यति वेला बलिउडमा राज गरिरहेका छन् । भर्खरै रिलिज भएको फिल्म ‘सैयारा’मार्फत उनले बलिउडलाई दुई नयाँ कलाकार दिए ।
यी दुई कलाकारको लोकप्रियता बलिउडमा पहिला नै स्थापित कुनै ठुला स्टारजत्तिकै धेरै भएको छ । फिल्मले करोडौं दर्शकको मनमा राज गरिरहेको छ । बक्स अफिसमा यसले भटाभट कलेक्सन गरिरहेको छ । फिल्मको कमाइ निरन्तर बढिरहेको छ । फिल्मले आफ्नो नाममा अर्को नयाँ रेकर्ड पनि बनाएको छ ।
'सैयारा' बक्स अफिसमा सरप्राइज बनेर आयो । यसको अगाडि नाम चलेका ठुला स्टारको फिल्म पनि टिकेन । फिल्मप्रति मानिसहरूको क्रेज यति धेरै थियो कि दोस्रो हप्तामा पनि बक्स अफिसमा फिल्मको पकड बलियो छ । दोस्रो शनिबार फिल्मको कमाइमा ठुलो उछाल देखिएको छ । स्याकनिल्कको रिपोर्टअनुसार फिल्मले नवौं दिनमा लगभग साढे २६ करोड भारुको नेट कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाइ २१७ करोड २५ लाख भारु पुगेको छ ।
आधिकारिक रूपमा २०० करोड क्लबमा प्रवेश गर्ने यो यस वर्षको दोस्रो फिल्म हो । फिल्मको कमाइको ट्रेन्ड हेर्दा यो अझै पर पुग्ने देखिन्छ । मोहित सुरीको यो फिल्म विक्की कौशलको ‘छावा’पछि यो वर्ष २०० करोड क्लबमा सबैभन्दा छिटो छिर्ने दोस्रो फिल्म बनेको हो ।
'सैयारा'ले पछिल्लो १५ वर्षमा बलिउडमा बनेका प्रेमकथाहरूको रेकर्ड पनि तोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण