‘रियाल रिङ्गेट’को गीतमा बिदेसिएका युवाको चित्कार
सारांश
- फिल्म 'रियाल रिङ्गेट'को नयाँ गीत 'आमा' सार्वजनिक गरिएको छ, जसले वैदेशिक रोजगारीमा गएका युवाको पीडालाई देखाउँछ।
- गीतमा गायक रामचन्द्र काफ्लेले स्वर दिएका छन् र अमर न्यौपानेको शब्द रहेको छ, जसमा वैदेशिक रोजगारीको पीडा प्रस्तुत गरिएको छ।
- प्रमोद चौलागाई, निता ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन्।
काठमाडौँ । साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ ।
गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढंगबाट झल्काएको छ । विशेषगरी रोजगारीको सिलसिलामा बिदेसिएका युवाले भोग्नुपरेको शारीरिक र मानसिक पीडा पनि देखाइएको गीतमा गायक रामचन्द्र काफ्लेले स्वर तथा अमर न्यौपानेको शब्द छ । गीतमा सङ्गीत पनि गायक काफ्लेले नै दिएका हुन् ।
फिल्ममा प्रमोद चौलागाई, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारको अभिनय छ ।
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन र राजीव समरको कोरियोग्राफी रहेको फिल्ममा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण