सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी
आइतबार, ११ साउन २०८२, १७ : ४५
एजेन्सी । स्पेनिस क्लब बार्सिलोना सिजनको पहिलो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भिसेल कोबेलाई ३–१ गोल अन्तरले हराएको हो ।
जापानको मिसाकी पार्क स्टेडियममा बार्सिलोनालाई जित दिलाउन क्लबका नयाँ खेलाडी इरिक ग्रासिया, रोनी बर्दघजी र पेड्री सार्मिइन्टोले एक एक गोल गरे ।
यता कोबेका लागि टाइसेइ मियासिरोले एक गोल गरे ।
खेलको ३३औँ मिनेटमा ग्रासियाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ४२औँ मिनेटमा मियासिरोले गोल गर्दै कोबेलाई बराबरीमा ल्याए ।
बार्सिलोनाका लागि रोनीले खेलको ७७औँ मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा पेड्रोले गोल गर्दै क्लबलाई सिजनको पहिलो जित दिलाए । जापानमा क्लब मैत्रीपूर्ण खेल खेल्न गएको बार्सिलोनाले दोस्रो मैत्रीपूर्ण खेल बुधबार एफसी सियोलसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण