कारागारबाट दुर्गा प्रसाईंले भने– हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई हातखुट्टा बाँधिएको कैदीको रूपमा प्रस्तुत गरे।
- उनले बैंकको ऋण नियमित तिर्दै आएको र आफूले देशमा स्थायित्व चाहेको बताए।
- प्रसाईंले कम्युनिस्ट पार्टी एक गराउन पहल गरेको र देशका लागि धेरै सोचेको दाबी गरे।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको बताएका छन् । तीनकुने घटनालाई लिएर डिल्ली बजार कारागारमा रहेका प्रसाईंले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
उनले लामो 'स्टाटस'मा भनेका छन्, 'तपाईँहरू मध्य आज पनि केहिले भन्ने गरेको सुनेको छु- आफूले बैंकको लोन तिर्नु पर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहन्छु बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु, अस्पताल र स्कुल सञ्चालन गरिरहेको छु, पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ l म कारागारमा छु तर पनि नियमित बैकको किस्ता बुझाइरहेको छु अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैन थियो होला ?'
'म देशमा स्थायित्व चाहने मान्छे हुँ, शान्ति चाहने मान्छे हुँ, म गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ',प्रसाईंले भनेका छन्- स्थायित्व होस् भनेर कम्युनिस्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले ?
उनले आफ्ना लागि कम र देशका लागि धेरै सोचेको समेत दाबी गरेका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण