आलुप्याजको झोलामा लागुऔषध, पर्साबाट एक जना पक्राउ
सारांश
- पर्सा प्रहरीले ४५० एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पकहामैनपुर गाउँपालिकाका २२ वर्षीय दिलिप कुमार सहनी रहेका छन्।
- प्रहरीले निजको साथबाट नुफिन, डाइजापाम र फेनारगन बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
वीरगञ्ज । पर्सा प्रहरीले साढे चार सय एम्पुल प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन प्रकारको प्रतिबन्धित लागु औषधसहित पकहामैनपुर गाउँपालिका – २ मधुबनी निवासी २२ वर्षीय दिलिप कुमार सहनीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा पैदल हिँडिरहेका सहनीलाई जाँच गर्दा प्रतिबन्धित लागु औषधसहित उनलाई फेला पारिएको पर्सा प्रहरी प्रवक्ता एवम् डीएसपी किशोर लम्सालले बताए ।
‘पकहामैनपुर गाउँपालिकाको वडा नम्बर– १ धोरेमा हाम्रो टोली खटेको थियो, सोही वेला सहनीलाई जाँच गर्द उनले बोकेको निलो रंगको झोलामा आलु प्याज राखिएको फेला पर्यो । त्यही झोलाको जाँच गर्दा आलु प्याजभित्रबाट प्रतिबन्धित लागु औषधहरू फेला परेको हो,’ उनले जानकारी दिए ।
प्रहरीले उनको साथबाट नुफिन १५० एम्पुल, डाइजापाम १५० एम्पुल र फेनारगन १५० एम्पुल बरामद गरेको जनाएको छ ।
बरामद प्रतिबन्धित लागु औषधसहित उनलाई थप अनुसन्धान इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । उनीमाथि पर्सा जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण