बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियासँग वार्ता गर्न कुनै रुचि छैन : उत्तर कोरिया

सोमबार, १२ साउन २०८२, ०९ : ४०
सोमबार, १२ साउन २०८२

सारांश

  • उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न कुनै चासो नभएको जनाएको छ, किम जोङ उनकी बहिनीले बताएकी हुन्।
  • उत्तर कोरिया रुससँगको सम्बन्ध विस्तारमा व्यस्त रहेको र दक्षिण कोरियासँग वार्ताको कुनै इच्छा नभएको स्पष्ट पारेको छ।
  • दक्षिण कोरियाले सम्बन्ध सुधारका लागि पहल गरे पनि उत्तर कोरियाले वार्तामा चासो नदेखाएको हो।

प्योङयाङ । दक्षिण कोरियासँग वार्ताबारे उत्तर कोरियाले चिसो जवाफ फर्काएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एउटा विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले आफ्नो सरकारलाई जेसुकै प्रस्ताव गरे पनि, अब दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक नभएको बताएकी हुन् । 

किम यो जोङको यो भनाइले अहिले उत्तर कोरियाली सरकार रुससँगको सम्बन्ध विस्तारमा व्यस्त रहेको र निकट भविष्यमा दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्ने उसको कुनै मनसाय नभएको स्पष्ट हुन्छ । 

‘हामी फेरि एक पटक हाम्रो आधिकारिक अडान स्पष्ट पार्न चाहन्छौँ, दक्षिण कोरियाले जुनसुकै नीति अपनाए पनि वा जेसुकै प्रस्ताव गरे पनि, हामीलाई उनीहरूसँग वार्तामा कुनै चासो छैन र न त वार्ताको कुनै कारण नै छ,’ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम यो जोङलाई उद्धृत गर्दै भनेको छ । किमलाई दक्षिण कोरियामा धेरै शक्तिशाली मानिन्छ । यस्तो अवस्थामा किम यो किमको भनाइलाई उत्तर कोरियाली सरकारको आधिकारिक अडान मान्न सकिन्छ ।

 ली जे म्युङको नेतृत्वमा रहेको दक्षिण कोरियाली सरकारले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न पहल गरिरहेकै समयमा किमको यो भनाई आएको हो । उत्तर कोरियासँग वार्ता गर्ने तत्परता देखाउँदै दक्षिण कोरियाले सीमामा जडान गरिएका लाउड स्पीकरहरूको प्रसारण बन्द गरेको छ । यी लाउड स्पीकरहरू मार्फत उत्तर कोरियाली सरकार विरुद्ध प्रचार गरिन्थ्यो । सीमापार पठाइने प्रचार बेलुनहरू उडाउन प्रतिबन्ध लगाइएको छ ।  

उत्तर कोरियाबाट गल्तीले दक्षिण कोरिया पुगेका मानिसहरूलाई पनि फिर्ता पठाइरहेको छ ।  यी कदमहरूलाई उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न दक्षिण कोरियाको पहलको रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप