एमालेले कांग्रेसलाई भन्यो, ‘प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रस्तावबारे छिटो निष्कर्षमा पुग्नुस्’
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
- कांग्रेस सांसद इन्द्र बानियाँको नेतृत्वमा २१ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।
- एमालेले कांग्रेसलाई छिटो निष्कर्षमा पुग्न आग्रह गर्दै अन्य पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जनाएको छ।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली काँग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन् । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता कांग्रेस सांसद इन्द्र बानियाँ छन् । यद्यपि मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन् ।
यता, नेकपा एमालेका बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उहाँले यो काँग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारे ।
उनले भने, ‘अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरूको विषय हो । जे गर्ने हो छिटो टुङ्ग्याउनुस् भन्ने हो । त्यो नहुनुपर्दथ्यो । सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ । प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ । यस्तो कुरा आउनु ठिक होइन । चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ । हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन ।’
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण