एमसीसी सम्झौता खारेजीको माग गर्दै कम्युनिस्ट समाजवादी पार्टीको चेतावनी
काठमाडौं । कम्युनिस्ट समाजवादी पार्टी, नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा पुनः कार्यक्रम सञ्चालनको सरकारी तयारीप्रति आपत्ति जनाउँदै उक्त सम्झौता खारेजीको माग गरेको छ। पार्टीले सम्झौता खारेज नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
पार्टीका संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’द्वारा जारी विज्ञप्तिमा एमसीसी कार्यक्रम पुनः सुरु गर्न अर्थ मन्त्रालयलाई आएको पत्रप्रति गम्भीर आपत्ति जनाइएको छ। विज्ञप्तिमा एमसीसी नेपालका लागि विकास नभई विदेशी हस्तक्षेप र साम्राज्यवादी प्रभुत्व विस्तार गर्ने उपकरण भएको दाबी गरिएको छ।
'नेपाललाई ५० करोड अमेरिकी डलरको लोभ देखाएर रणभूमि बनाउने षड्यन्त्र एमसीसीमार्फत भइरहेको छ,' विज्ञप्तिमा दाबी गरिएको छ, 'नेपाल सरकार र संसदवादी पार्टीहरूले विदेशी साम्राज्यवादको दलाली गर्दै सम्झौतामा पुनः सक्रियता ल्याउने प्रयास गरेका छन्।'
पार्टीले तत्काल सम्झौता खारेज गर्न सरकारलाई आग्रह गर्दै स्वाभिमानी नेपाली जनतालाई राष्ट्रहितमा जागरूक भई आन्दोलनमा तयार रहन आह्वान समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण