शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

सोमबार, १२ साउन २०८२, १६ : ४८
सोमबार, १२ साउन २०८२

सारांश

  • काठमाडौंको उमाकुण्डबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो।
  • पक्राउ पर्नेमा रामेछापका गहनसिंह तामाङ र प्रकाश तामाङ रहेका छन्, जसले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेका थिए।
  • चोरी भएको मोटरसाइकल काभ्रेपलान्चोकका राम बहादुर गौतमको थियो, र उनले खोजीका लागि निवेदन दिएका थिए।

काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ उमाकुण्डबाट सोमबार मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रामेछापको सेनापति गाउँपालिका २ घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सेनापति गाउँपालिका ३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेज बहादुर तामाङ रहेका छन् । 

वास्तविक नम्बर बागमती प्रदेश ०२-०५३ प ३७ ८२  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०५२ प ३६ ५७ राखी चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका ५ घर भई हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने राम बहादुर गौतमले  काठमाडौँ महानगरपालिका ३१ प्रयागमार्गबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप