माओवादीबारे टिका टिप्पणीप्रति जनार्दन शर्माको ध्यानाकर्षण
सोमबार, १२ साउन २०८२, १७ : ०१
सारांश
- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे भइरहेको टिका टिप्पणीप्रति ध्यानाकर्षण जनाएका छन्।
- अध्यक्ष प्रचण्ड र शर्माबीचको अन्तर्विरोधबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा टिप्पणी भइरहेको छ।
- शर्माले सामाजिक सञ्जालमार्फत समग्र पक्ष अध्ययन गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे विभिन्न माध्यमबाट भइरहेको टिका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र शर्माबिच देखिएको अन्तर्विरोधलाई लिएर उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टिका टिप्पणी भएको प्रति शर्माले चासो व्यक्त गरेका हुन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न समेत उनले आग्रह गरेका छन् ।
‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु’, उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण