टिकटकबाट उदाएका आयुषले अब फिल्म खेल्ने
काठमाडौँ । माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’बाट टिकटकर आयुष सिंह ठकुरीले अभिनयमा डेब्यु गर्ने भएका छन् ।
निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले फिल्म अभिनय विषयमा आयुषसँग कागजी सम्झौता गरेका छन् । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यु गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफुल छ । यसैले साइन गरेको हुँ ।’
फिल्मका लागि केही महिनादेखि आफूले मिहिनेत पनि गरिरहेको उनले बताए ।
फिल्मका निर्देशक चन्दले भने, ‘आयुष र हामीबिच काम गर्ने सहमति भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौँ । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माण पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण