भोटेकोशीमा पहिरो, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मङ्गलबार, १३ साउन २०८२, ०७ : २२
सारांश
- लगातार वर्षापछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ।
- सोमबार साँझ करिब ७ः१० बजे कोदारीस्थित ईकु पहिरोमा सडकमाथिबाट पहिरो खसेको थियो।
- सडक विभाग र स्थानीय निकायसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ।
सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। राजमार्ग अवरुद्ध भएसँगै सवारी साधनहरू बाटोमै रोकिएका छन्।
पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न सडक विभाग र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण