बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

झुठो हो निमिषा प्रियालाई जीवनदान दिइएको खबर ?

मङ्गलबार, १३ साउन २०८२, ११ : ३४
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • यमनमा हत्याको आरोप लागेकी भारतीय महिला निमिषा प्रियाको मृत्युदण्ड रद्द भएको छैन।
  • यमनको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो, तर हाललाई स्थगित गरिएको छ।
  • भारत सरकारले निमिषालाई बचाउन हरसम्भव प्रयास गरिरहेको छ र परिवारलाई सहयोग गरिरहेको छ।

नयाँ दिल्ली । यमनमा जीवन र मृत्युको लडाइँ लडिरहेकी भारतीय महिला निमिषा प्रियाको मृत्युदण्ड रद्द गरिएको छैन । यस अघि उनको फाँसीको सजाय रद्द गरिएको भन्दै खबरहरू आएका थिए । केरलाकी नर्स निमिषा प्रियालाई यमनको अदालतले हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो । तर, अन्तिम समयमा केही समयको लागि मृत्युदण्ड स्थगित गरियो । 

‘निमिषाको मृत्युदण्ड पहिले रोकिएको थियो, तर अब रद्द गरिएको छ । सानामा भएको उच्चस्तरीय बैठकपछि यमनले निमिषाको मृत्युदण्ड रद्द गर्ने निर्णय गरेको छ ।’ भारतका ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारले दाबी गरेका थिए । जुलाई १७ मा एक मिडिया ब्रीफिंगको क्रममा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो विषयलाई संवेदनशील बताएका थिए । निमिषालाई बचाउन भारतले हरसम्भव प्रयास गरेको उनको भनाइ थियो । 

‘यो विषय धेरै संवेदनशील छ र सरकारले हरसम्भव प्रयास गरिरहेको छ । हामीले परिवारको लागि एक वकिल नियुक्त गरेका छौं । हामी स्थानीय प्रशासनसँग पनि सम्पर्कमा छौं । हालै भारत सरकारले थप केही समय मागेको थियो । सरकार लगायत धेरै व्यक्तिको प्रयासपछि यमनले निमिषाको फाँसीको मिति बढाएको थियो ।’ रणधीर जयसवालले भनेका थिए । 

विदेश मन्त्रालयले निमिषाको परिवारलाई सहयोग गर्न एक वकिल पनि नियुक्त गरेको थियो । शरिया कानून अनुसार निमिषालाई बचाउन सबै उपाय अपनाइएको थियो । निमिषाको फाँसी केही समयको लागि स्थगित गरिएको छ । फाँसी टरेको पूष्टि मन्त्रालयले गरेको छैन । 

निमिषा प्रियालाई हत्याको आरोप लागेको छ । यमनमा हत्याको लागि मृत्युदण्डको प्रावधान छ । यस्तो अवस्थामा निमिषालाई जुलाई १६ मा फाँसी दिइने भनिएको थियो । तर, जुलाई १५ मै उक्त दिन फाँसी नदिने भनियो । अहिलेसम्म निमिषाको फाँसी रद्द भएको औपचारिक रूपमा पुष्टि भएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप