डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन सिके राउतको माग
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन माग गरेका छन्।
- उनले लालपुर्जाको प्रावधान झन्झटिलो भएको र योजना कार्यान्वयनमा बाधा पुर्याउने बताएका छन्।
- राउतले मधेसका किसानहरू लालपुर्जा जुटाउन नसक्ने र ठूला किसान मात्र लाभान्वित हुने बताए।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन माग गरेका छन् । संघीय सरकारले डिप बोरिङका लागि किसानसँग लालपुर्जा माग्दा झन्झटिलो हुने देखिएको हुँदा सो प्रावधान हटाउन उनले माग गरेका हुन् ।
उनले आफ्नो सचिवालयको फेसबुकमा लेखेका छन्, ‘कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरू, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरू: लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?’
डिप बोरिङको लागि भएको झन्झटिलो प्रावधानले योजना आइसके पछि पनि लागू गर्न कठिन रहेको उनले बताए । उनले भनेका छन्, ‘मधेसमा अधिकांशले नागरिकताको प्रतिलिपि दिन त मान्दैनन्, ४०–४० बिघाको लालपुर्जा कहाँबाट जम्मा गर्नु ?’
उनले अगाडि भनेका छन्, ‘फेरि एक जनासँग मुस्किलले २–४ कट्ठा जमिन हुन्छ, त्यसो गर्दा त २००–४०० जना जतिबाट समन्वय गरेर, सहमति गरेर, लालपुर्जा जम्मा गर्नु पर्ने हुन्छ जुन सम्भव छैन ।’ यस्तै प्रावधानका कारण यस्ता योजनाहरू सफल हुन नसकेको बताउँदै उनले बिघाका बिघा जमिन हुने ठुला किसान र जमिन्दारहरूले डिप बोरिङ लग्न सके पनि आम किसानले लग्नै नसक्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण