आलोकनगरमा समाजवादी मोर्चाकाे बैठक सुरु
सारांश
- चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालयमा सुरु भयो।
- बैठकमा समसामयिक राजनीति, मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
- मोर्चाका संयोजक विप्लवले प्रचण्ड र नेपालसँग असन्तुष्टि व्यक्त गरेका थिए।
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा सुरु भएको छ ।
समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए । अहिले कार्यदलका सदस्यसहित बैठक बसिरहेको छ ।
मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । विप्लवले पटक पटक बैठक बस्न आग्रह गर्दा पनि प्रचण्ड र नेपालले कुनै चासो नदिएकोमा असन्तुष्ट देखिन्छन् ।
गत वर्ष साउन १ गते मोर्चा पुनर्गठन भएपछि मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण