प्रधानमन्त्रीद्वारा रानीजमरा–कुलरिया सिँचाइ आयोजना र जलविद्युत् गृहको उद्घाटन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रानीजमरा र कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरे।
- आयोजनाले १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको छ, साथै ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
- यो आयोजनाले कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रानीजमरा र कुलरिया तर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको मङ्गलबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली आज कैलाली पुगेका थिए । उनले सबैभन्दा पहिले लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानीस्थित कर्णाली नदीमा रहेको आयोजनाको मुहानको अवलोकन गरे। त्यसपछि प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका वडा नम्बर ९, कटासेमा निर्मित विद्युत् गृहको उद्घाटन गरे ।
आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको यस आयोजनाको पहिलो चरण २०७४/७५ मा र दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो ।आयोजना सम्पन्न भएसँगै १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। साथै, उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
अद्यावधिक गुरुयोजना अनुसार, २०८२ मसान्तसम्ममा २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँ लागत अनुमान गरिएकोमा हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको काम सम्पन्न भइसकेको छ, जसमा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।
आयोजनामा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख रुपियाँ लगानी रहेको छ ।लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहर निर्माण भइसकेको र शाखा तथा उपशाखा नहरहरूको निर्माणपछि थप ६ हजार हेक्टर जमिनमा सिँचाइ पुगी आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर पुग्नेछ ।
यो आयोजनाले कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो आयोजना करिब १२० वर्षअघि स्थानीय किसानहरूले सुरु गरेको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिकीकरण गरी निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण