गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
- बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ।
- गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण