अस्ट्रेलियाले किशोर किशोरीमाझ युट्युबमाथि पनि लगाउने भयो प्रतिबन्ध
सारांश
- अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन्।
- सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ किशोरकिशोरीले खाता खोल्न पाउने छैनन्।
- गुगलले बालबालिकामाझ युट्युब निषेध गर्न नहुने तर्क गरेको छ, तर अस्ट्रेलियाका प्रधानमन्त्रीले यसलाई आवश्यक ठाने।
क्यानबेरा । अस्ट्रेलियामा १६ वर्षभन्दा मुनिका बालबालिकाहरूले युट्युब चलाउन नपाउने भएका छन् । त्यहाँको सरकारले पहिलो पटक सो उमेरका केटाकेटीले चलाउने नपाउने सामाजिक सञ्जालको सूचीमा युट्युबलाई राखेको छ । यस अघि टिकटक, इन्ष्टाग्राम, फेसबुक, एक्स र स्न्यापच्याट जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा युट्युबलाई छूट दिइएको थियो ।
तर डिसेम्बरदेखि लागू हुने गरी यसलाई पुनः सो सूचिमा राखिएको छ । यस प्रतिबन्ध अन्तर्गत किशोर किशोरीहरूले युट्युबमा भिडियो त हेर्न पाउने छन् तर खाता भने खोल्न पाउने छैनन् । युट्युबमा कन्टेन्ट हाल्न वा अन्तरक्रिया गर्न खाता चाहिन्छ । युट्युबको मालिक गुगलले भने बालबालिकाहरूमाझ युट्युबलाई निषेध गर्न नहुने तर्क गरिरहेको छ ।
‘यो सामाजिक सञ्जाल होइन,’ बुधबार जारी विज्ञप्तिमा गुगलले भनेको छ । नर्वेले पनि यस्तै खालको प्रतिबन्धको घोषणा गर्दै छ । बेलायतले पनि यसबारे सोच्ने बताइरहेको छ । ‘सामाजिक सञ्जालले हाम्रा बालबालिकालाई सामाजिक हानी पुर्याइरहेका छन्, म चाहन्छु कि हामी उनीहरूको पछाडि उभिरहेका छौँ भन्ने कुरा अस्ट्रेलियाका अभिभावकहरूले बुझुन् ।’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बाजिले बुधबार सञ्चार माध्यमसामु भने ।
यो एक मात्रै समाधान होइन भन्ने आफूहरूलाई थाहा भएको अनि तर यसले निकै फरक पार्ने उनले बताए । गएको हप्ता अस्ट्रेलियाली सञ्चार माध्यमहरूले यस मामिलामा गुगलले अस्ट्रेलिया सरकारलाई मुद्दा हाल्ने चेतावनी दिएको भन्दै समाचार छापेका थिए । बुधबारको घोषणा पछि युट्युबका प्रवक्ताले आगामी कदमबारे सोच्ने र सरकारसँगको संलग्नतालाई जारी राख्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण