देवी र मिनाको ‘किन आउँछ पापी तीज’ सार्वजनिक
बुधबार, १४ साउन २०८२, ११ : ३९
सारांश
- गायिका देवी हमाल र मिना रिसालको स्वरमा रहेको तीज गीत 'किन आउँछ पापी तीज' सार्वजनिक भयो।
- गीत हमालकै शब्द र संगीतमा तयार भएको छ, जसमा सञ्चिता शाही ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ।
- संचारकर्मी सुमनकुमार श्रेष्ठको निर्देशन र लक्ष्मण अधिकारीको प्रस्तुतिमा भिडियो काठमाडौँमा छायांकन गरिएको छ।
काठमाडौँ । गायिका देवी हमाल र मिना रिसालको स्वर रहेको मौलिक तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ । दुई दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतमा समर्पित हमालकै शब्द, सङ्गीत गीतमा छ ।
भिडियोको निर्देशन संचारकर्मी सुमनकुमार श्रेष्ठले गरेका हुन् । भिडियोमा सञ्चिता शाही ठकुरी, मनोज विश्वकर्मा, चक्रबहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी केसी, रानु खाँड, चेतनशील महिला विकास समूहका कलाकारहरूको अभिनय छ ।
लक्ष्मण अधिकारीको प्रस्तुतिमा बनेको भिडियोमा केशव अधिकारी खत्रीको छायाङ्कन, प्रेम शर्मा पौडेलको सम्पादन छ । भिडियो काठमाडौँका रमणीय स्थलहरूमा छायाङ्कन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण