‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’
सारांश
- नेपालमा मनसुन सुरु भएको डेढ महिना बित्दा ५ सय बढी विपद्का घटना घटेका छन्।
- यस वर्ष ठूला नदीहरूमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
- आगामी तीन दिनमा गण्डकी, कर्णाली र बागमती प्रदेशका पहाडी क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने अनुमान छ।
काठमाडौँ । नेपालमा मनसुन सुरु भएको करिब डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भारी वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठुलो भएको छ ।
तर देशभरका कुनैपनि ठुला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन् । यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठुला नदीहरूमा बाढीले खतराको तह पार गर्न सकेको छैन ।
आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरूमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ । साना नदीहरूमा ठुलो पानी पर्दा ठुलो बाढी आउन सक्ने उनले बताए । आज पनि गण्डकी, कर्णाली र बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान रहेको बताए ।
पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको उनले बताए । हालका दिनहरूमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उनले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताए । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठुलो देखिएको र केही नोक्सान गर्ने भएकाले पनि नदी छेउमा सतर्कता अपनाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण