त्रिविको बल्खुस्थित कानुन संकायको नवनिर्मित भवन उद्घाटन
सारांश
- त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले बल्खुस्थित कानुन संकायको नवनिर्मित भवनको उद्घाटन गरे।
- डीनले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै शिक्षक अभाव र नैतिकताको कुरा उठाए।
- अहिले कानुन संकायअन्तर्गत ८ वटा कलेजहरूमा कानुन विषयको पठनपाठन भइरहेको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित नवनिर्मित कानुन संकायको भवन उद्घाटन गरिएको छ । बुधवार बल्खुस्थित विभागको कानुन संकायको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा.दीपक अर्यालले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कानुन संकायका डीन प्रा.डा.कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिए । उनले शैक्षिक संस्थालाई शैक्षिक चरित्रअनुरूप निर्माण गर्नुपर्नेमा अझ धेरै प्रयास आवश्यक रहेको धारणा राखे ।
कानुन शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक शिक्षकको अभाव रहेको उल्लेख गर्दै उपलब्ध जनशक्तिको सेवा प्रवाहलाई अनुसन्धानको विषय बनाउनु आवश्यक रहेको बताए । उनले हाल कानुन सङ्कायअन्तर्गत ६ वटा आङ्गिक क्याम्पस, एक सम्बन्धन प्राप्त क्याम्पस र एक पब्लिक क्याम्पससहित कुल ८ कलेजहरूमा कानुन विषयको पठनपाठन भइरहेको पनि जानकारी दिए ।
उनले भने– ‘शैक्षिक संस्थालाई साँच्चिकै शैक्षिक संस्थाजस्तो बनाउन हामीले सकिरहेका छैनौँ । हामीले कानुन शिक्षाको सन्दर्भमा आचरण र नैतिकता थप ध्यान दिनुपर्ने अवस्था सिर्जना हुन आएको छ । हामीबाट उत्पादित जनशक्तिबाट भएको सेवा प्रवाहलाई पनि प्राज्ञिक अनुसन्धानको विषय बनाउनुपर्ने देखिएको छ ।’
अर्यालले भने, ‘कानुनी शिक्षा अध्ययन गर्ने विद्यार्थीको अत्यधिक चाहाना र आवश्यकताको बोध हुँदाहुँदै पनि तदनुसार शिक्षकहरूको प्रबन्ध गर्न सकिरहेका छैनौँ । यस सङ्कायअन्तर्गत हाल कानुनको पठनपाठन ६ वटा आङ्गिक क्याम्पस र एउटा सम्बन्धप्राप्त क्याम्पस र एक पब्लिक क्याम्पस गरी जम्मा आठ वटा कलेजहरूमा कानुन विषयको पठनपाठन हुँदै आएको जानकारी गराउन चाहन्छु ।’
उनले विश्वविद्यालयको आफ्नै नयाँ भवनबाट पठन पाठन हुँदा कानुनी शिक्षाको सुधार हुने विश्वास समेत व्यक्त गरे। –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण