नक्कली सुन र विदेशी मुद्रा देखाई ठगेको आरोपमा ३ जना पक्राउ
सारांश
- प्रहरीले नक्कली सुन र विदेशी मुद्रा देखाएर ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुली र भक्तपुरका व्यक्तिहरू छन्, जसले काठमाडौंमा ठगी गरेका थिए।
- उनीहरूले नक्कली सुन र मुद्रा देखाएर पीडितहरूलाई ठगी गरी फरार भएका थिए।
काठमाडौँ । नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोकटी घर भएका ४७ वर्षीय विमल तामाङ र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका ३९ वर्षीय लालबहादुर घिसिङ रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै सुनका गरगहना खरिद गर्ने भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका–१४ बुईपा घर भएका ३९ वर्षीय भक्तबहादुर गदाल विकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भनी नक्कली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको खुल्न आएको छ ।
साथै उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनी बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनी विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनी लिएर आएको नेपाली रुपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना. ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण