गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री
सारांश
- परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्व ल्याएको बताइन्।
- उनले गठबन्धनले आर्थिक सूचकहरूमा सुधार ल्याएको र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधारेको बताइन्।
- देउवाले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम भएको र पर्यावरणीय चुनौती बढेको चिन्ता व्यक्त गरिन्।
पोखरा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छिन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको बताइन् ।
`श्रद्धेय नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा बनेको यो गठबन्धनले देशलाई स्थायित्व दिएको छ,´ उनले भनिन्, `यसले गर्दा पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पत्याउने वातावरण बनेको छ ।´
देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गरिन् । उनले जलवायु संकटका कारण हिमालहरू काला हुँदै गएको र देशले गम्भीर पर्यावरणीय चुनौती सामना गरिरहेकोमा गहिरो बताएकी छिन् । पोखरामा बगैँचा होटल उद्घाटन गर्दै देउवाले भनिन्, `पछिल्लो पटक मैले हिउँविनाको खैरो (ग्रे) माछापुच्छ्रे देखेँ । आफ्नो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ । अब आउने पुस्ताले हिउँले ढाकिएको हिमाल हेर्न नपाउने हो कि भन्ने डर लागेको छ ।´
उनले नेपालका छिमेकी मुलुकहरूमा देखिएको बाढी र नेपालमा पनि खडेरी तथा अतिवृष्टिको जोखिम बढेको बताइन् । `यो समस्या हाम्रो कारणले मात्र भएको होइन, तर यसको सबैभन्दा ठुलो मार हामीले खेपिरहेका छौँ,´ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण