बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् युवा संघ नेपालको समानान्तर भेला

बुधबार, १४ साउन २०८२, १६ : १२
बुधबार, १४ साउन २०८२

सारांश

  • एकीकृत समाजवादी निकट युवा संघको झलनाथ खनाल र घनश्याम भुसाल समूहले काठमाडौंमा भेला गर्‍यो।
  • युवा संघ भित्र अध्यक्ष माधवकुमार नेपाल निकट र राई समूहबीच लामो समयदेखि विवाद छ।
  • पार्टी अध्यक्षले समस्या समाधान नगरेपछि खनाल र भुसाल निकट युवाले छुट्टै भेला गरे।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ नेपालको झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बुधबार काठमाडौंमा भेला गरेको छ । उपत्यकास्तरीय उक्त भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गरेको बताइएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूह र राई समूहका बिचमा संघभित्र लामो समयदेखि विवाद रहँदै आएको छ । थापा समूहले भने उक्त भेलाबारे आफूहरूलाई केही जानकारी नभएको जनाएको छ । 

पार्टी अध्यक्ष नेपालले संघ भित्रको समस्या समाधान गर्न चासो नदिएको भन्दै खनाल र भुसाल निकटका युवाले छुटै भेला गर्नुपरेको जनाएका छन् । 

पार्टीमा युवा संघ र विद्यार्थी संगठन अखिललाई लिएर विवाद बढ्दै गएको छ । अखिलमा पनि नरेश न्यौपानेको नेतृत्वमा समान्तर कमिटी छ । 

Nekapa samajbadi yuwa (1)Nekapa samajbadi yuwa (5)Nekapa samajbadi yuwa (6)Nekapa samajbadi yuwa (7)Nekapa samajbadi yuwa (8)Nekapa samajbadi yuwa (10)Nekapa samajbadi yuwa (11)Nekapa samajbadi yuwa (12)Nekapa samajbadi yuwa (13)Nekapa samajbadi yuwa (14)Nekapa samajbadi yuwa (15)Nekapa samajbadi yuwa (17)Nekapa samajbadi yuwa (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप