अपराध
१२ करोड ठगी मुद्दाका फरार सविन उप्रेती पक्राउ
बुधबार, १४ साउन २०८२, १७ : ३५
सारांश
- १२ करोड ठगी आरोपमा फरार रहेका सविन उप्रेती पक्राउ परेका छन्।
- रामेछापका उप्रेती भक्तपुरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
- उप्रेतीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि अदालत पठाइएको छ।
काठमाडौँ । १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका सविन उप्रेती पक्राउ परेका छन्। रामेछाप खाँडादेवी गाउँपालिका–५, पकरबास स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बसोबास गर्दै आएका ४२ वर्षीय उप्रेतीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।
भीम बहादुर कार्की लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) सम्बन्धी मुद्दामा उप्रेती फरार रहेका थिए । उनलाई साउन १३ गते दिउँसो करिब ४ बजे दधिकोटस्थित घरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयले बुधबार जनाएको छ।
पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण