अदालतमा पीडित किशोरीले भनिन्– बैंकमा जम्मा भएको ३ लाख रुपैयाँ धानचामल बेचेको रकम हो
सारांश
- बलात्कार पीडित किशोरीले आफ्नो खातामा जम्मा भएको तीन लाख रुपैयाँ धान चामल बेचेर आएको बताएकी छिन्।
- पूर्वप्रमुख राजेश अहिराजले २० लाख रुपैयाँ मागेको आरोप लगाए पनि पीडित किशोरीले खण्डन गरेकी छिन्।
- किशोरीले बैंकमा आमा र होस्टेलको आम्दानीबाट जम्मा भएको ३ लाख रुपैयाँ रहेको बताएकी छिन्।
काठमाडौँ । बलात्कार पीडित किशोरीले आफ्नो खातामा जम्मा भएको तीन लाख रुपैयाँ धान चामल बेचेर आएको र आफ्नो आमाले जम्मा गरेको रकम भएको दावी गरेकी छिन् ।
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँमा पीडित किशोरीले आपराधिक लाभबापत २० लाख रुपैयाँ मागेको दाबी गर्दै मुद्दा दर्ता भएको छ । तर, पीडित किशोरीले अहिराजसँगै रकम मागेको कुरा बयानमा खण्डन गरेकी छिन् ।
लक्ष्मी सनराइज बैंकको 0261××××××××5001 नम्बर रहेको आफ्नै खातामा सप्तरी साविक तिलाठी कोइलाडी गाविस घर भएका बुलबुल यादवले आमालाई दिएको १ लाख २५ हजार रुपैयाँ, होस्टेल र धान चामलको आम्दानीबाट आएको १ लाख ७५ हजार रुपैयाँ गरी जम्मा भएको ३ लाख बैंकमा जम्मा गरेको बयान दिएकी छिन् । अहिराजले पीडित किशोरीलाई ३ लाख नगदै दिएको जाहेरी दिएका थिए ।
४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको पीडित युवतीको आरोप छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण