१० बजे १० समाचार : बागमतीमा बानियाँ इन्, नाउपामा रञ्जिता आउट
आज २०८२ साउन १४ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- बानियाँको बाटो
बागमती प्रदेश सभा अन्तर्गत कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । पार्टीका प्रदेश समिति अध्यक्षसमेत रहेका बानियाँले आफ्नै दलबाट सरकारका नेतृत्व गर्दै आएका बहादुर सिंह लामालाई संसदीय दलको नेताबाट विस्थापित गरेका हुन् ।
- सामुदायिक विद्यालय
सामुदायिक विद्यालयमा हरेक वर्ष विद्यार्थीको सङ्ख्या बढ्दो छ । विद्यालयमा शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएपछि विद्यार्थी र अभिभावकहरू सामुदायिक विद्यालय नै रोज्न थालेका छन् ।
- मेयरको बाध्यता
काठमाडौँस्थित माइतीघर मण्डला सधैँझैँ गाडीको कोलाहल र मानिसको भीडभाड छ । यहीबिच बाँया सडकमा एउटा फरक दृश्य छ–सडकमा बाँस र बाँसका कुर्सी अगाडि राखेर परालको गुन्द्रीमाथि राडी बिच्छ्याएर एक व्यक्ति शान्तिपूर्ण तर दृढ अडानका साथ बसिरहेका छन् ।
- नैतिक संकटमा अख्तियार प्रमुख
विशेष अदालतले वाइडबडी विमान प्रकरणमा न्यायिक टिप्पणी उठाएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नैतिक संकटमा परेका छन् । वाइडबडी विमान खरिद प्रकरणमा आयोगले गरेको अनुसन्धान र मुद्दा अभियोजन चयनमुखी भएको भन्दै विशेष अदालतले न्यायिक टिप्पणी उठाएसँगै यो विषय अब अख्तियार प्रमुख राईको नैतिकतासँग गाँसिएको छ ।
- राप्रपामा गुटगत टक्कर
पूर्वपञ्चहरूको बाहुल्यता रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पछिल्लो समय गुटगत टक्करको स्थिति देखिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो आलोचक समूहका नेताहरूलाई चिढ्याउने गरी जिम्मेवारी खोस्नेसहितको निर्णय लिएपछि विवाद बढेको छ ।
- रञ्जिता अध्यक्षबाट आउट
गरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो । अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन् ।
- अतिक्रमण
वीरगञ्ज औद्योगिक करिडोरमा रहेको हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज प्रालिलाई वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय बाराले पत्र काट्यो । २४ घण्टाभित्र उपस्थित हुनेगरी स्थानीय प्रशासनले उद्योगलाई पत्र काट्नुको मुख्य कारण थियो– उद्योगले कब्जा गरेको सार्वजनिक जग्गा ।
- ‘कान्छाराम’को लापर्बाही
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भीआईपी क्षेत्रका १५ वटा सडक राजनीतिक पहुँच र शक्ति दुरुपयोगको जीवन्त साक्षी बनेका छन् । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका १५ वटा सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन् ।
- रुपन्देही–३ उपनिर्वाचन
प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र पक्ष आ–आफ्नो ढङ्गबाट तयारीमा जुटेका छन् । साना केही दलले उम्मेदवार टुङ्ग्याए पनि यस क्षेत्रमा राम्रो पकड भएका दलहरूले कसलाई उम्मेदवार बनाउँछन् भन्ने टुङ्गो लागिसकेको छैन ।
- काकाकुल वीरगञ्ज
चलायमान, दौडधुप, अलि कोलाहलपूर्ण पनि अनि जीवन्त सहर । यो हो देशको आर्थिक राजधानी वीरगञ्जको पहिचान । तर आर्थिक गतिविधिका लागि तीव्र गतिमा दौडिने यो सहरको ठुलो हिस्सामा अहिले जीवनको लय नै बदलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण