अध्यक्षबाट हटाउने निर्णयबारे रञ्जिता : ‘कारबाही स्वीकार्य छैन’
सारांश
- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने निर्णय गरेको छ।
- साउन ११ गते श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि विवाद चर्किएको थियो।
- श्रेष्ठले राष्ट्रिय भेला अवैधानिक भएको भन्दै आफूले स्वीकार नगर्ने बताइन्, र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको छ । बुधबार भएको पार्टीको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने निर्णय गरेको छ ।
साउन ११ गते श्रेष्ठले कास्कीका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएपछि नाउपाभित्र विवाद चर्किएको थियो । तर श्रेष्ठले राष्ट्रिय भेलाको निर्णय अवैधानिक भएको भन्दै आफूले स्वीकार नगर्ने बताएकी छिन् ।
‘राष्ट्रिय भेला बोलाउने अधिकार हाम्रो पार्टीको विधानअनुसार अध्यक्ष अर्थात् अध्यक्ष पदमा रहेको व्यक्तिलाई मात्र हुन्छ । मैले कुनै राष्ट्रिय भेला आह्वान गरेको छैन,’ उनले भनिन्, ‘त्यसैले त्यो भेलाको वैधानिकता, प्रक्रिया र उद्देश्य सबै गम्भीर प्रश्नको घेरामा छन् ।‘
विधान विपरीत बोलाइएको राष्ट्रिय भेलाले गरेका कुनै पनि निर्णय वा कारबाहीलाई वैधानिक नमान्ने श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले पार्टीमा देखिएका असहमतिलाई संवाद, प्रक्रिया र विधिबाट समाधान गर्नुपर्नेमा जोड दिएकी छिन् । ‘म अहिले पनि संवाद र समाधानको पक्षमा छु,’ श्रेष्ठले भनिन् ।
श्रेष्ठले औपचारिक रूपमा केन्द्रीय समिति बैठक नबोलाई कार्यकारी जिम्मेवारी शिव बाँस्तोलालाई हस्तान्तरण गरेको भन्दै पार्टीभित्र चर्को आलोचना भएको थियो । यसैलाई आधार मानेर केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरणको जवाफ नदिएपछि राष्ट्रिय भेला आयोजना गरी अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण