रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार छान्न मतदाताको भावना बुझ्दै दलहरू
सारांश
- रुपन्देही-३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ, जसका लागि विभिन्न दलहरू तयारीमा जुटेका छन्।
- प्रमुख दलहरूले उम्मेदवार टुङ्गो लगाउन आन्तरिक छलफल र सर्वेक्षण गरिरहेका छन्, तर केही साना दलले उम्मेदवार घोषणा गरिसकेका छन्।
- विभिन्न दलहरूले साझा उम्मेदवार उठाउने वा छुट्टै प्रतिस्पर्धा गर्नेबारे आ-आफ्नो रणनीति बनाइरहेका छन्, जसमा राप्रपा, एमाले, कांग्रेस, र रास्वपा लगायतका दलहरू छन्।
बुटवल । प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र पक्ष आ–आफ्नो ढङ्गबाट तयारीमा जुटेका छन् । साना केही दलले उम्मेदवार टुङ्ग्याए पनि यस क्षेत्रमा राम्रो पकड भएका दलहरूले कसलाई उम्मेदवार बनाउँछन् भन्ने टुङ्गो लागिसकेको छैन ।
प्रमुख दलका स्थानीय नेताहरू उम्मेदवारका लागि आकाङ्क्षी धेरै रहेको बताउँछन् । मतदाताको भावना के छ र विभिन्न आकाङ्क्षीमध्ये कसलाई उम्मेदवार बनाउँदा जित्न सकिन्छ भन्ने लेखाजोखामा प्रमुख दलहरू लागेको उनीहरूको भनाइ छ ।
हालै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनको तयारी, मतदाताको चासो लगायतका विषय बुझ्न रुपन्देही आएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेल पनि केही दिन रुपन्देहीमा बसेर काठमाडौँ फर्किएका थिए । नेताहरूका अनुसार पौडेल पार्टीको आन्तरिक अवस्था र उपनिर्वाचनमा उम्मेदवारबारे बुझ्न आएका थिए ।
सङ्घीय लोकतान्त्रिक मोर्चाका ६ घटकमध्ये पाँच वटा घटकले साझा उम्मेदवार बनाउने भएका छन् । मोर्चाको अर्को घटक नागरिक उन्मुक्ति पार्टीले भने छुट्टै उम्मेदवार खडा गर्ने भएको छ । जसपा नेपाल, लोसपा नेपाल, राष्ट्रिय मुक्ति क्रान्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले उपनिर्वाचनमा नाउपालाई समर्थन गर्ने भएका हुन् ।
नाउपा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश रौनियारले उम्मेदवार टुङ्गो लगाउन अझै केही समय लाग्ने प्रस्ट्याए ।

जनमत पार्टीले भने अशोक राई नेतृत्वको जसपासँग मिलेर उम्मेदवार खडा गर्ने तयारी गरेको छ । जनमतका केन्द्रीय सचिव भूपेन्द्र यादवले दुई पार्टी मिलेर चुनावमा जाने विषयमा छलफल चलिरहेको बताए ।
समाजवादी मोर्चा पनि सकेसम्म साझा उम्मेदवार खडा गर्ने मानसिकतामा रहेको बताइन्छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव) र नेकपा कम्युनिस्ट पार्टी छन् ।
एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हीराध्वज शाहले छुट्टै उम्मेदवारी दिने कि समाजवादी मोर्चासँग सहकार्य गरेर अगाडि जाने भन्नेबारे शनिबार बस्ने जिल्ला कमिटी बैठकबाट आफ्नो पार्टीले निर्णय लिने बताए । समाजवादी मोर्चाको साझा उम्मेदवार बनाउने सवालमा कुन दलले उम्मेदवारी दिने भन्ने पनि महत्त्वपूर्ण रहने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसी भने मोर्चाबाट साझा उम्मेदवारी दिने विषयमा अझैसम्म माथिल्लो तहबाट केही निर्णय नआएको बताउँछन् । पार्टीबाट सम्भावित उम्मेदवार स्थानीय नेताहरू नै रहेका उनको भनाइ छ । अहिलेसम्म हकि उल्लाह खाँ, सोनिया यादव र किस्मत विकको नाम उम्मेदवारका रूपमा चर्चामा रहेको उनले बताए । उनले भने, ‘पार्टीले प्रारम्भिक छलफल गरेपछि उम्मेदवार टुङ्गो लगाउँछ ।’
उम्मेदवारका लागि बोहराका दुई छोरा क्याप्टेन गौरव बोहरा र ई. प्रज्वल बोहरासहित ६ जनाको नाम सिफारिस भएको छ ।
२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । उनको निधन भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । स्व. बोहोराकै परिवारबाट उम्मेदवारका लागि २–३ जना नै आकाङ्क्षी छन् । उनीहरू राप्रपाबाटै उम्मेदवार बन्न चाहेको बताइएको छ । यद्यपि राप्रपाले कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाइसकेको छैन ।
उम्मेदवारका लागि बोहराका दुई छोरा क्याप्टेन गौरव बोहरा र ई. प्रज्वल बोहरासहित ६ जनाको नाम सिफारिस भएको छ । राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले सिफारिस भएकाहरूबिच छलफल गरेर उम्मेदवार टुङ्ग्याउन प्रयास भइरहेको जानकारी दिए ।
यस्तै एमालेबाट पूर्वराष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको नाम चर्चामा छ । एमालेबाटै शशी पौडेल, भरत पोखरेल लगायतले पनि टिकटका लागि काठमाडौँसम्म लबिङ गरिरहेको कार्यकर्ताहरू बताउँछन् ।
कांग्रेसबाट पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम चर्चामा छ । यसबाहेक रामचन्द्र ढकाल, प्रमोद यादव लगायतले पनि टिकटका लागि दौडधुप गरिरहेका छन् ।
रास्वपाले भने उम्मेदवार बन्न चाहनेहरूका लागि सूचना जारी गरेको छ । पार्टीभित्र आकाङ्क्षी धेरै भएकाले सूचना नै निकाल्नुपरेको रास्वपाले जनाएको छ । रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले पार्टीले उम्मेदवार बन्न इच्छुकहरूको सूची सङ्कलन गरिरहेकाले केही दिनमा उम्मेदवार टुङ्ग्याउने तयारी रहेको जनाए ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भने यहाँ नारायण नागिलालाई उम्मेदवार बनाउने सम्भावना देखिएको सो पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण