सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्नुपर्छ : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय आवश्यक रहेको बताए।
- उनले विकास र समृद्धिका लागि राज्यलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिए।
- पोखरेलले युवाहरूको उज्ज्वल भविष्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पुरा गर्न नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय युवा संघ नेपालले साउन १५ का अवसरमा आयोजना गरेको खिर खाने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पुरा गर्न सकिँदैन’, महसचिव पोखरेलले भने,‘त्यसअर्थमा विकास र समृद्धिका लागि राज्यलाई बलियो बनाउनुपर्छ ।’
पोखरेलले बलियो राज्यका लागि राजनीतिक दलहरूलाई बलियो बनाउनुपर्ने र राजनीतिक दलहरूलाई बलियो बनाउन नीतिगत रूपमा राजनीतिक ध्रुवीकरणको अभियानलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।
उनले नयाँ पुस्ताले जनमत विभाजित गर्ने परम्परालाई बदलेर एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिँदै महासचिव पोखरेलले नेकपा एमाले युवाहरूको उज्जल भविष्य सुनिश्चित गर्ने सामर्थ्य राख्ने पार्टी भएकैले युवाहरूको आकर्षण एमालेका बढेको बताए । ‘अव नेकपा एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दिशामा अघि बढ्नुपर्छ’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण