प्रचण्डले लिए घाइते भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी
बिहीबार, १५ साउन २०८२, ११ : १८
सारांश
- अध्यक्ष प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्था बुझे।
- भट्ट सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको छलफलमा ढुङ्गा लागी घाइते भएका थिए।
- चिकित्सकका अनुसार भट्टको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी अहिले सामान्य अवस्थामा छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । उनले बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्था बुझेका हुन् ।
साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनबारे छलफल गर्ने क्रममा क्रान्तिकारीका पूर्व नेता भुवनसिंह विष्टले प्रहार गरेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।
चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको छ । यसअघि उपमहासचिव जनार्दन शर्माले भट्टको स्वास्थ्य अवस्था बुझेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण