राजनीति
नागरिक उन्मुक्तिमा कारबाही श्रृङ्खला, रञ्जिताले गंगारामलाई सोधिन् २४ घण्टे स्पष्टीकरण (पत्रसहित)
बिहीबार, १५ साउन २०८२, १६ : २७
सारांश
- नागरिक उन्मुक्ति पार्टीमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम बढेको छ।
- पार्टी संरक्षक रेशम चौधरी पक्षधरले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको घोषणा गरे।
- रञ्जिताले सांसद गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छिन्।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने श्रृङखला बढेको छ । पार्टी संरक्षक रेशम चौधरी पक्षधरले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसहित नरहने गरी अध्यक्षबाट हटाएको घोषणा गरेको दुई दिन नबित्दै रञ्जिताले संसदीय दलका नेता समेत रहेका सांसद गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छन् ।
श्रेष्ठले बिहीबार पार्टी हित विपरीत तथा विधान र राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भन्दै नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।
उनले पार्टी विधान उल्लङ्घन गरेर बैठक बोलाउने लगायतका कार्य किन गरेको आरोप समेत चौधरीलाई लगाएकी छन् । केही दिन अघि मात्र अध्यक्ष श्रेष्ठले स्वास्थ्य अवस्था देखाउँदै शिव बाँस्तोलालाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण