इजरायली गोलीबारीमा कम्तिमा ३० प्यालेस्टिनीको मृत्यु
बिहीबार, १५ साउन २०८२, १६ : ५०
सारांश
- इजरायलको गोलाबारीमा उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भयो।
- यस गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, हमासको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले बताए।
- इजरायली सेनाले सहायता ट्रक वरिपरि भेला भएका मानिसहरूलाई चेतावनी दिन गोली चलाएको दाबी गरेको छ।
रफाह । इजरायलले गरेको गोलाबारीमा उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
गाजामा हमासको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यो गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । ‘यसको अनुसन्धान भइरहेको छ,’ यस घटनाको बारेमा इजरायलले भनेको छ ।
गाजाका बासिन्दाहरू सहायता ट्रक वरिपरि भेला भएपछि चेतावनी दिन गोली चलाएको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । तर यस क्रममा हताहतको कुनै रिपोर्ट नआएको उसको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण